द्वन्द्वपीडित राष्ट्रिय समाजले एमाओवादीलाई आतङ्ककारीको सूचीबाट हटाइएकामा अमेरिकी राजदूत पिटर डब्लु बोडीलाई ध्यानाकर्षणसहित एक ज्ञापनपत्र बुझाएको छ ।
समाजका अध्यक्ष केबी गुरुङले आज बुझाउनुभएको ज्ञापनपत्रमा एमाओवादीको सशस्त्र दशवर्षे युद्धका क्रममा कब्जा गरिएका घरजग्गा तथा सम्पत्ति अहिलेसम्म पनि फिर्ता नगरिनु, १२ बुँदे समझदारीपत्र, शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन हुँदै सरकारको नेतृत्व गरिरहँदासम्म विगतका सहमति र सम्झौता पालना नगरेको जनाइएको छ ।
समाजका महासचिव विनयध्वज चन्दले एमाओवादीले अहिलेसम्म पनि मानवअधिकार, स्वतन्त्र न्यायपद्धति, स्वतन्त्र पे्रसलगायत विश्वव्यापीरुपमा स्वीकार गरिएको लोकतान्त्रिक मूल्य र मान्यता तथा प्रतिस्पर्धात्मक बहुदलीय शासनपद्धतिलाई इमान्दारिताका साथ आत्मसात नगरेको र उसले हतियार एवम् हत्या हिंसालाई परित्याग गरेको घोषणा नगर्दै आतङ्ककारीको सूचीबाट हटाउनु गम्भीर विषय भएको बताउनुभयो ।
एमाओवादीलाई आतङ्ककारीको सूचीबाट हटाउने निर्णय गर्दा शान्ति, लोकतन्त्र र मानवअधिकारका लागि दुनियाँमा विशिष्ट भूमिका निर्वाह गर्दैआएको अमेरिकी सरकारले त्यसतर्फ ध्यान नपु