काठमाडौं,आश्विन ४ । एनसेल नेपाली साहित्य महोत्सव २०१२ राजधानीमा शुरु भएको छ । ४ दिनसम्म चल्ने महोत्सवमा नेपालका एकसय र भारतका पांचजना साहित्यकारको सहभागिता रहेको छ ।
प्रज्ञा प्रतिष्ठानमा शुरु भएको महोत्सवमा नेपाली साहित्यका विविध विधाबारे विस्तृत छलफल र बहस हुने बताइएको छ । महोत्सवमा ४० भन्दा बढी साहित्यकारहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस्तै विभिन्न लेखकका पुस्तकहरुको पनि महोत्सव अवधिमा लोकार्पण गर्ने कार्यक्रम रहेको छ ।
नेपालीहरुमाझ साहित्यप्रति रुची बढाउन र नेपाली साहित्यको अन्र्तराष्ट्रियकरणका लागि महोत्सव फलदायी हुने विश्वास आयोजकले लिएका छन् । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा महोत्सवको आयोजना गरेका हुन् ।
महोत्सवको उद्घाटन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काँइलाले पछिल्लो समयमा नेपाली साहित्यमा विभिन्न खाले चुनौती थपिएको बताउनुभयो ।
– RSS