नवलपरासी । नारायणी नदीमा आएको बाढीका कारण नवलपरासीका २० भन्दा बढी गाउं जोखिममा परेका छन् ।
नदीले नवलपरासीको नरसहीमा रहेको स्पर नम्बर १२ मा कटान गरेपछि नरसही, पकलिहवा, प्रतापपुर, गूठी परसौनी, बैदौली र गुठी सुर्यपुरा गांउ विकास समितिका २० भन्दा बढी गाउंहरु जोखिममा परेका हुन् ।
अहिले स्थानीयवासिन्दाले कटान नियन्त्रणका लागि प्रयास थालेको स्थानीय चन्द्रभान कुशवाहाले जानकारी दिनुभयो । कटान रोक्न र मर्मत गर्न भारतीय पक्षलाई खबर गरेपनि मर्मतका लागि कुनै पहल भएको छैन ।
नेपाल भारतबीच सन् १९५९ मा भएको गण्डक सम्झौता अनुसार नदी नियन्त्रण, तटबन्ध र स्परहरुको रेखेदेख तथा मर्मत कार्य भारतीय पक्षले गर्नुपर्ने हुन्छ । नवलपरासीको लोकाहा स्थित पुर्व