सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँची जिल्लामा पनि हिन्दू महिलाहरुले ऋषिपञ्चमी पर्व धुमधामका साथ मनाएका छन ।
पञ्चमी अर्थात तीजको अन्तिम दिन अर्घाखाँचीका सबै गाबिसहरुमा जताततै ऋषिपञ्चमीको पूजा आराधना गरेको देखिन्थियो ।
महिलाहरूले अरुणधत्तीसहित सप्तऋषि कस्यप, अत्रि, भरद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वमित्रको पूजा आराधना गरी तीज ब्रत समाप्त गरेका छन।
यसपाली तीजको दिन बर्षा र झरीको कारणले आफनो मनका बेदनाका पोकाहरु धितमार्ने गरी फुकाउन नपाएको गुनासो गर्दै, तीजको अन्तिम दिन पञ्चमीमा आफ्ना साचेर राखेका बर्ष भरीका दु:ख कस्ट र मार्मिक पिडा र दमन अन्याय जस्ता बेदनाहरुलाई ब्यक्त गर्ने अबसर पाए।
सोही अवसरमा नगरपालिका सन्धिखर्क लगायत जिल्लाका अनेकौ गाउँहरुमा आज शुक्रबार बिहान सम्म तीज गीत भएका देखिन्थे । साथै यसवर्षको हरितालिका तीजको पनि समाप्ती भएको छ।
पूजापछि नाचगान तथा भजनकीर्तन गरी तीजको ब्रत समापन गर्ने गरिन्छ । विशेषगरी रजस्वला भइसकेका नारीहरूले भविष्य पुराणका अनुसार ब्रम्हहत्याको पाप मुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस् भन्नाका लागि सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको हो ।
देस भर हिन्दू धर्म मान्ने महिलाहरू कुलेश्वरको ,ऋशेश्वर महादेवका मन्दिरमा गई पूजाआजा गर्दछन् भने कतिपय महिलाहरू घरमै ब्राम्हण बोलाई सप्तऋषिको पूजा गर्ने परम्परा रहेको छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।