अर्घाखाँचीमा ऋषिपञ्चमी पर्व र तीज –४

अर्घाखाँची जिल्लामा पनि हिन्दू महिलाहरुले ऋषिपञ्चमी पर्व धुमधामका साथ मनाएका छन । पञ्चमी अर्थात तीजको अन्तिम दिन अर्घाखाँचीका सबै गाबिसहरुमा जताततै ऋषिपञ्चमीको पूजा आराधना गरेको देखिन्थियो । महिलाहरूले अरुणधत्तीसहित सप्तऋषि कस्यप, अत्रि, भरद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वमित्रको पूजा आराधना गरी तीज ब्रत समाप्त गरेका छन। सोही अवसरमा नगरपालिका सन्धिखर्क लगायत जिल्लाका अनेकौ गाउँहरुमा आज शुक्रबार बिहान सम्म तीज गीत भएका देखिन्थे । साथै यसवर्षको हरितालिका तीजको पनि समाप्ती भएको छ।