अमेरिकाको न्यूयोर्क कारागारका ११ जना कैदीले जेल प्रशासनसँग ५० करोड डलर दाँत क्षतिपूर्तिको माग

दाँत झ-यो भन्दै कैदीले जेल प्रशासनसँग ५० करोड डलर क्षतिपूर्ति मागेअमेरिकाको न्यूयोर्कस्थित एक कारागारका ११ जना कैदीले जेल प्रशासनसँग ५० करोड डलर क्षतिपूर्तिको माग गरेका छन् । उनीहरुले दाँत सफा गर्ने यन्त्र नपाएका कारण आफुहरुको दाँत झर्न थालेको भन्दै क्षतिपूर्तिको माग गरेका हुन् ।


अदालतमा दायर गरिएको क्षतिपूर्तिको मागमा कैदीहरुले दांत सफा गर्ने कुनै पनि यन्त्र नभएका कारण दांतमा समस्या देखिएको र पीडा सहन बाध्य भइरहेको उल्लेख गरेका छन् ।


जेलका अधिकारीहरुले भने दाँत सफा गर्ने यन्त्रलाई हतियारको रुपमा प्रयोग गरिन सक्ने भन्दै कर्मचारी र कैदीको सुरक्षा पहिलो प्राथमिकता रहेको बताएका छन् ।

 

– एजेन्सी