अष्ट्रेलियको भिक्टोरिया रोमन क्याथोलिक चर्च पादरीहरुद्धारा ६ सय भन्दा बढी बालबालिकामाथि यौन दूव्र्यवहार

अष्ट्रेलियको भिक्टोरिया राज्यस्थित रोमन क्याथोलिक चर्चले आफ्ना पादरीहरुले सन् १९३० यता ६ सय भन्दा बढी बालबालिकामाथि यौन दूव्र्यवहार गरेको तथ्यांक सार्वजनिक गरेको छ । यो रिपोर्ट दूव्र्यवहारबारे छानबिन गरिरहेको संसदीय छानविन समितिमा बुझाइने बताईएको छ ।


यौन दूव्र्यवहारविरुद्धका अभिनकर्ताहरुले भने तथ्यांक डरलाग्दो र लज्जास्पद भएको बताउदै यो संख्या भिक्टोरिया शहरमा मात्रै १० हजार भन्दा बढी रहेको दाबी गरेका छन् । चर्चले पछिल्लो ८० वर्षमा ६ सय २० वटा यौन दूव्र्यवहारका घटना भएको र सन् १९६० देखि सन् १९८० सम्म यस्ता घटना अझे बढेको जनाएको छ ।


अष्ट्रेलियामा पछिल्ला वर्षहरुमा चर्चका पादरीद्धारा बालबालिकामाथि यौन दूव्र्यवहार भएका घटना चिन्ताको विषय बनेका छन् । सन् २००८ को जुलाईमा अष्ट्रेलिया पुगेका पोप बेनेडिक्ट सोह्रौंले यौन दूव्र्यवहार पीडितहरुसँग भेट गरी सार्वजनिक रुपमा माफी माग्नु भएको थियो ।

 

– एजेन्सी