प्रधानमन्त्री भट्टराईद्धारा सबै जातजातिलाई समान अधिकार प्रदान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख

काठमाडौ  – प्रधानमन्त्री बाबुराम भट्टराईले सबै जातजातिलाई समान अधिकार प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिबार राजधानीमा आयोजित नेवा देय् दबुको छैटौं महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताए हुन् ।


उनले नेपालमा रहेका सबै जातजातिहरु समान भएकाले उनीहरुलाई पनि समान अधिकार दिनुपर्ने बताए ।


राजनीतिक दलहरुका बीचमा सहमति हुन नसक्दा संविधानसभाबाट संविधान निर्माण हुन नसकेको बताउँदै प्रधानमन्त्रीले फेरि पनि दलहरुकै सहमतिमा वर्तमान राजनीतिक सङ्कटको निकास निस्कनउनले भने,’दलहरुको सहमतिमा वर्तमान राजनीतिक संकटको निकास निस्कने भएकाले सबै राजनीतिक समस्याहरु हल हुन्छ, त्यसका लागि केही समय भने लाग्न सक्छ ।’


आजबाट सुरु भएको नेवा देय् दबुको सम्मेलन आइतबारसम्म हुनेछ । कार्यक्रममा प्रधानमन्त्री भट्टराइले अधिकार प्राप्तिका लागि अझै सङ्घर्षको जरुरत रहेको  उल्लेख गरे ।  रासस