– कृष्ण खनाल
बुटवल । कथाका नायक अरुणले आफ्नी श्रीमती रश्मी घरमा हुँदा हुँदै अर्की रजनीलाई भित्र्याउँदा भित्र्याउँदै महाकाव्यको यात्रा थालनी भएको छ । साहित्यकार प्राध्यापक डा. वेणीमाधव ढकालद्वारा रचित पछिल्लो महाकाव्यको समिक्षा गर्दै नेपाल संस्कृत विश्व बिद्यालयका पूर्व उपकुलपति प्राचार्य पूर्णचन्द्र उपाध्याय ढुङ्गेलले रश्मीप्रभास धरातलको गहिराईमा पुगेर रचिएको प्रतिकृया दिए । त्यस्तै उनले ढकालका यस अघि आएका निर्णया सिन्धु र गणेश पुराण कृषि बिज्ञानमा आधारित भएको पनि औंल्याए ।
ढकालद्वारा रचित रश्मीप्रभास महाकाव्यको प्रकासक विश्व शान्ति साहित्य समाज शंङ्करनगर रुपन्देहीले शनिबार रुपन्देहीको मणिग्राममा आयोजना गरेको साहित्यकार ढकालका कृतिहरुको परिचर्चा कार्यक्रममा पूर्व उपकुलपति प्राचार्य ढुङ्गेलले पछिल्लो महाकाव्य नेपाली साहित्यको गहिराई तथा ग्रामिण बस्तीमा बोलीने भाषाको संप्रेसण पनि भएकाले नौलो आयाम भएको बताए ।
कार्यक्रममा कृतिका समिक्षकहरु भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख घनश्याम परिश्रमी बुटवल बहुमुखी क्याम्पसका सहप्राध्यापक ऋषि भुसाल सहप्राध्यापक डा. हिरण्य ज्ञवाली उपप्राध्यापक प्रेम तिवारी वरिष्ठ साहित्यकार बनमालि निराकारले कृतिको समिक्षा गर्दै कृति नारीप्रधान आन्चलिकता सेरोफेरो जन्मभुमि प्रतिको आत्मीयता पुराना नेपाली शव्दावलीहरुको प्रयोगले कृतिलाई धेरै उचाईमा पुर् याएको टिप्पणी गरेका थिए । त्यस्तै उनीहरुले कितावको बाहिरी कलेवरमा धार्मिक जस्तो देखिएपनि भित्र यस क्षेत्रकोलुम्बिनी सेरोफेरोमा रहेर सामाजिक विषयबस्तुको यथार्थ चित्रण भएको औंल्याए ।
कार्यक्रममा कृतिका रचनाकार प्राध्यापक डा. ढकालले आफूले यथासक्य सहज रुपमा सामाजिक यथार्थताको धरातलबाट लेख्ने प्रयास गरिएको बताउँदै आफूमा भएका कमी कमजोरीलाई सुझाव सल्लाह दिन आग्रह गरे ।
बुटवल बुहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिव ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा बिरेन्द्र बहुमुखी क्याम्पस चितवनका विभागीय प्रमुख प्राध्यापक डा. नारायणप्रसाद खनाल रुद्र ज्ञवाली लगायतले आ-आफ्नो भनाई राखेका थिए । सो रश्मीप्रभास महाकाव्य गत शनिबार काठमाण्डौमा बिमोचन गरिएको हो ।