बाबुराम भट्टराई र पुष्पकमल दाहालले देशलाई गम्भीर संकटमा पु-याएको नेकपा-माओवादीका नेत्रविक्रम चन्द विप्लबको आरोप

काठमाडौं । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लबले प्रधानमन्त्री डा. बाबुराम भट्टराई र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई गम्भीर संकटमा पु-याएको आरोप लगाएका छन् ।

 

राजधानीमा राष्ट्रिय क्रान्तिकारी वुद्धिजीवि संगठनको राष्ट्रिय भेलामा बोल्दै चन्दले देशमा गम्भीर राजनैतिक संकट उत्पन्न हुनुमा बाबुराम सरकार नै मुख्य दोषी रहेको बताए ।

 

एकीकृत माओवादीकै गलत क्रियाकलापका कारण राष्ट्रिय अखण्डता र स्वाधीनता खतरामा परेको उनको दावी छ ।

 

– RSS