– बाबु रोका मगर (अपरिचित)
असुरकोट-९ अर्घाखाँची हाल (न्यू दिल्ली)भारत
गरीब भए यसमा मेरो के दोष?
कसै सँग भिक को हात फैलाएको छैन |
दु:ख गरेको छु कष्ट भोगेको छु
फेरी पनि आफ्नो ब्यथा कसैलाई भनेको छैन |
सारंगी बनाई मलाई रेटेर मान्छेहरु खुशी भएको देखे
तर पनी मैले कहिल्यै कसै सँग गुनासो गरेको छैन |
के गरौ त खोइ निधारमा हाँसो त लेखेकै छैन
फेरी पनि आफ्नो ब्यथा कसैलाई भनेको छैन |
बटुवा भए बाटो मा हिंड्ने
कसैलाई ठेस लगाएको छैन |
बाँचेको छु केबल तर मृत्युले छोएको छैन
फेरी पनि आफ्नो ब्यथा कसैलाई भनेको छैन |