पोखरा । पश्चिमाञ्चलका ६ जिल्लाको भ्रमणमा निस्केका पूर्व राजा ज्ञानेन्द्र शाह आज स्याङ्जा पुगेका छन। उनले आज स्याङजाको बुढीखोलास्थित धनेश्वर महादेव मन्दिरको दर्शन गरेका छन। पूर्व राजाले आफ्नो भ्रमण धार्मिक र नितान्त व्यत्तिगत बताएपनि स्याङजामा उद्यमी व्यवसायी, राजावादीहरु र सर्वसाधारणसंग भेट्ने कार्यक्रम रहेको आयोजकले बताएका छन् । शाह आजै सांझ पोखरा फर्कने कार्यक्रम छ ।
स्याङ्जामा एकीकृत माओवादीले पूर्वराजाको भ्रमणको विरोधमा १२ वजेसम्म गरेको जिल्ला बन्द विहान ८ बजे नै फिर्ता लिएको छ । पूर्वराजा १ बजे मात्र स्याङ्जा जाने भएपछि बन्दले कुनै प्रभाव नपर्ने भन्दै बिहान आठै बजे बन्द फिर्ता लिएको हो ।
पूर्व राजा शाहले हिजो बाग्लुङको कालिका मन्दिर र पर्वतको गुप्तेश्वर महादेव र गायत्री मन्दिरको दर्शन गर्नुभएको थियो । पूर्व राजा जिल्लामा आउने खवर थाहापाएपछि बाजा गाजा सहित गाउं गाउंबाट सदरमुकाम आएका सर्वसाधारणले भव्य स्वागत गरेका थिए ।
– RSS