– प्रेमनारायण आचार्य
अर्घाखाँची ७ असोज । सन् २०१४ भित्र खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने निर्णय भएको अर्घाखाँचीमा टोल टोलमा खानेपानी तथा स्वच्छता समन्वय समितिको निर्माण गर्न सुरु भएको छ ।
जस अन्तर्गत नुवाकोट गाविसको वाड नं. ६ मा आइतबार भएको वार्ड भेलाले नुम प्रसाद श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय वडा स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको गठन गरेको छ । त्यसै गरि गाविसका अन्य वाडमा पनि गठन अभियान जारी रहेको छ
जसको उपाध्यक्षमा नारायण प्रसाद आचार्य सचिब लक्ष्मण पौडेल र कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ रहेका छन् ।
वडा नागरिक माचका सचेतक नुम प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाबिस स्तरिय स्वच्छता समन्वय समितिका सदस्यहरु झुपलाल खनाल चेतनारायण गैरे मुकुन्द खनाल खुल्ला दिसा मुक्त अभियान अन्तर्गत साझेदारी सस्था सिसेक र नेस्टका सहजकर्ता प्रेम आचार्य र सम्झना पौडेल लगायतले मन्तब्य राखेका थिए ।
वार्ड भेलामा बोल्ने बक्ताहरुले चर्पीको प्रयोग नगर्दा हुन सक्ने हानीको बारेमा जनचेतनाको कमी र आनी बानीमा परिबर्तन ल्याउन नसकेर चर्पीको प्रयोग नगरिएको बताएका थिए ।
कार्यक्रम गाबिस स्तरिय स्वच्छता समन्वय समितिका सदस्य बलराम पौडेलको संचालनमा सम्पन्न भएको हो ।
अभियानलाई सघाउनका लागि ग्लोबल स्यानिटेशन फण्ड यू.एन ह्याबिटाटसँगको सहकार्यमा नेष्ट नेपाल सिसेक अर्घाखाँची इकार्डस् नेपाल र प्राग अर्घाखाँचीले जिल्लादेखि वडा तहसम्म विभिन्न कि्रयाकलापमा सहजीकरण गरिरहेका छन् । यी संस्थाहरुले जिल्लामा रहेका विद्यालयका शिक्षकहरु विद्यालय व्यवस्थापन समिति विद्यालयमा रहेका बाल क्लब नागरिक समाजको साजाल लगयतलाई सरसफाइ तथा खुल्ला दिसा मुक्तसम्बन्धी आधारभूत प्रशिक्षण प्रदान गरिरहेका छन् ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।