चौरासी हजार पटक “श्री राम”


कुमार “अबिरल” पन्थी, दोहा

 

भनिन्छ सत्यतामा यथार्थ लुकेको हुन्छ। देखावटि रुपमा मानिसहरु आफुले आफैलाइ सफल बनाउने कोसिस गर्छन। तर पनि सफल देखिदैनन। किनकि मानिस सफल हुनको लागी सकारात्मक सोच अनि सहि र गलत छुट्याउन सक्नु पर्दछ।

 

आजभोलि यस्तो पनि  भेटिएको पाइन्ंछ। राम्रो काम गर्नेको महत्व हुदैन।  राम्रो बोल्यो भने स्टाएल पार्‍यो भनिन्छ।  आफ्नो भेषभुसामा सजिएर हिड्यो भने पाखे भनिन्छ। यो दुनिया यस्तै चलेको छ। धर्मकर्मका कुरा गर्ने हो भने पनि मान्छे ले नै बिभिन्न प्रकारका धर्म कर्म गरिरहेका छन। आफ्नो जन्मभुमी छोडेर प्रदेशी भुमिमा काम गरिरहेका नेपाली दाजुभाईहरुले पनि आफ्नो धर्म सस्कृतिलाई बिर्सनु भएको छैन होला।

बिर्सनु हुँदैन पनि, कोहिले धर्म कर्म विश्वाश गर्छन् भने कोहिले भाग्यमा विश्वाश गर्छन्। जे जस्तो भएपनि आखिर सबैले आ-आफ्नो धर्म सस्कृतिको जगेर्ना गरिरहेका हुन्छन।

 

आफ्नो जन्म भुमी छोडेर प्रदेसिएका दाजुभाइहरु आफ्नो दैनिक गर्नु पर्ने काम सकेर आरम गर्ने क्रममा कुराकानी सुरु गर्नु भयो। धेरै कुराहरु भए। कोही राजनीतिका कुरा भए त केही धर्म सस्कृतिका धर्म सस्कृतिका कुराहरुलाई बिशेष चासो दिदै एक युवा बिचमा बोल्नु भयो। हामीले धर्म कर्म गर्नु पर्छ त भन्छौ तर के कस्तो धर्म गरि रहेका छौ। यस्को जानकारी मान्छे स्वयम आँफैलाई थाहा नभएको हुन्सक्छ। यो कुराको बारेमा निकै छलफल गरियो सबै बाट आफ्ना आफ्ना तर्क-बितर्कहरु आए। एक घण्टा भन्दा बढीको छलफल पछी एउटा निस्कर्ष निकाल्दै चौरासी हजार पटक (श्री राम श्री राम श्री राम)लेख्ने कुरा लाई सर्व सहमती बाट तीन जना साथी मिलेर लेख्ने कुरा गरियो।

 

चौरासी हजार पटक श्री राम लेखेर मोक्ष पाईन्छ, र आफुले चाहेको मान्छे पाइने कुरा साथीहरुले गरेपछी इस्मा दोहोली ८ गुल्मी घर भई हाल प्रदेशी जीवन बिताइ रहनु भएका तिलक राम अधिकारीले चौरासी पटक श्री राम श्री राम लेख्नुभएको छ।

 

जुन २७ तारिख बाट तिनै जना साथीले “श्री राम” लेख्न सुरु गर्नु भएको थियो। सेप्टेम्बर १९ तरिखका दिन सम्म आइपुग्दा अधिकारिले पुरा गर्नुभएको छ। भने अन्य २ जना साथीले लेख्दै हुनुहुन्छ। आशिस कार्की सर्लाही, अमिर लामा तमाङ काठमाडौ उहाहरुको घर रहेको छ।