धर्नाका कारण २ दिनदेखि थुनिएका त्रिविका उपकुलपति, रेक्टर र रजिष्ट्रार मुक्त

 काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुको धर्नाका कारण २ दिनदेखि थुनिएका त्रिविका उपकुलपति, रेक्टर र रजिष्ट्रार सोमबार साँझ मुक्त भएका छन् । विभिन्न माग राख्दै प्राध्यापकहरुले उपकुलपति डा. हिराबहादुर महर्जन, रेक्टर गुणनिधि न्यौपाने र रजिष्ट्रार चन्द्रमणि पौडेललाई हिजोदेखि बल्खुस्थित शिक्षा विकास तथा अनुसन्धान केन्द्रको सभा कक्षमा थुनेका थिए ।


त्रिवि प्राध्यापक संघ र त्रिभुवन विश्वविद्यालयबीच सोमबार साँझ ३ बुँदे सहमति भएपछि उपकुलपति लगायतका सवै पदाधिकारी मुक्त भएका हुन् । सहमति अनुसार त्रिविमा करार सेवामा रहेका शिक्षण सहायकहरुलाई आन्तरिक र खुला प्रतिष्पर्धाबाट उपप्राध्यापकमा स्थायी गर्न त्रिविको सभाबाट पारित गराईने र यही असोजभित्र कार्यान्वयन गरिने छ । यस्तै सह प्रांध्यापक तथा प्राध्यापकहरुको पदोन्नतीका लागि ७ सदस्यीय कार्यदल गठन गरी कार्यदलको प्रतिवेदनको आधारमा कार्यान्वयन गर्ने र संघले प्रस्तुत गरेको २३ सूत्रीय माग यथाशीघ्र कार्यान्वयन गर्ने पनि सहमति भएको छ ।


विश्वविश्द्यालय प्राध्यापक संघले एक वर्षदेखि आप्mना मागहरु पूरा नभएपछि त्रिविका पदाधिकारीहरुलाई थुनेरै बाहिर धर्ना दिएको हो । उता, लोकतान्त्रिक प्राध्यापक संघले त्रिविमा माओवादी, कांग्रेस र एमालेले मात्रै भागवण्डा गरेको भन्दै एक महिनादेखि त्रिवि केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।

 

– RSS