कपिलवस्तु जिल्लामा विश्वकै दुर्लभ मानिएको सारसको संख्या बढ्दै गएको छ । स्थानियवासीले सारसको महत्व बुझेर संरक्षण गर्न थाले संगै यस भेगमा सारसको संख्या बढ्न थालेको हो ।
अहिले कपिलवस्तु जिल्लाका बिभिन्न ठाँउमा सारसले फुल कोरलेर आफनो संख्या बढाएका छन् भने कतिपय ठाँउमा बच्चा कोरल्न ओथारो बसेका छन् । करिब १० किलोसम्म तौल हुने सारश दुर्लभ चरा भएकाले नै बन्यजन्तु संरक्षण ऐन ०२९ ले संरक्षण गरेको पंक्षी भित्र पर्दछ ।
सारश ओथारो बसेको ३१ देखि ३४ दिनसम्ममा बच्चा कोरल्ने गर्दछ । नेपालको कानुन अनुसार संरक्षित चरा मानिने सारसले बच्चा कोरल्न बसेका ठाँउ भने असुरक्षित छन् ।
सारस बस्ने ठाउं शुभ मानिने हुदा बालीनाली धेरै फल्ने जनविश्वास रहेकाले समेत स्थानियबासी अहिले सारस संरक्षणमा जुटेको पाइन्छ । नेपालभरीमै बढीमा चार सय सारसहरु भएको अनुमान गरिएकोमा कपिलवस्तु, रुपन्देही र नबलपरासीमा मात्रै दुई सय पचास बढी सारसहरु भएको बताईन्छ ।
RSS