जापानी र चिनियां उच्च अधिकारीहरु वार्तामा बसिरहेका बेला दजनौं डुंगा लिएर ताइवानीहरुद्धारा टापुमा प्रदर्शन


 

पूर्वी चिनियां समुद्रस्थित टापु विवाद समाधान गर्न बेइजिङमा जापानी र चिनियां उच्च अधिकारीहरु वार्तामा बसिरहेका बेला दजनौं डुंगा लिएर ताइवानीहरुले टापुमा प्रदर्शन गरेका छन् ।

 

ताइवानी डुंगासंगै तट रक्षक सेनाका जहाजहरु पनि प्रदर्शनमा सहभागि थिए । त्यस लगत्तै जापानी तटरक्षकहरुले उनीहरुलाई हट्न चेतावनी जारी गरेका थिए । जापानको नियन्त्रणमा रहे पनि चीनले आफ्नो सम्प्रभुता गांसिएको दाबी गरेको उक्त टापुमा ताइवानले पनि आफ्नो दाबी गरेको छ ।


केही समययता चिनियांहरुले पनि टापु वरिपरि जहाज डुलाइरहेका छन् । जापान सरकारले जापानी मालिकबाट उक्त टापु खरिद गर्ने निर्णय गरेपछि यस क्षेत्रमा विवाद चुलिएको छ । दुबै मुलुकमा तीब्र विरोध प्रदर्शन भएका छन् भने दुई मुलुकबीचको ४० औं कुटनीतिक वर्षगांठ मनाउने कार्यक्रम पनि रद्ध भएको छ ।

 

 Agencies