पाकिस्तानमा हालै आएको बाढीमा परी कम्तिमा चार सय जनाको मृत्यु, ४५ लाख भन्दा बढी प्रभावित

पाकिस्तानमा हालै आएको बाढीमा परी कम्तिमा चार सय जनाको मृत्यु भएको छ भने ४५ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् । पाकिस्तानमा प्राकृतिक विपत्तिको क्षेत्रमा कार्यरत संस्था एनडीएमएका अनुसार १ हजार मानिस घाइते भएका छन् । एनडीएमएका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित हुनेमा सिन्ध, पञ्जाब र बलुचिस्तान प्रान्त छन् ।


वाढीका कारण सिन्ध प्रान्तमा मात्रै दुई सय जनाको मृत्यु भएको र २८ लाख भन्दा वढी मानिस प्रभावित भएका छन् । बाढीका कारण तीन लाख घर भत्किएका छन् । एनडीएमएका अनुसार साढे ७ लाख हेक्टर क्षेत्रमा लगाइको बाली नष्ट भएको छ । बाढीबाट प्रभावितहरुलाई ४ सय ८४ शिविरहरुमा राखिएको अधिकारीहरुले जनाएका छन् ।

 

– Agencies