भाइरल ज्वरोका कारण चितवनमा १९ वर्षीया किशोरीको मृत्यु, मृत्यु हुनेको संख्या ८

चितवन । भाइरल ज्वरोका कारण चितवनको भरतपुर अस्पतालमा आज एक किशोरीको मृत्यु भएको छ ।

 

योसंगै चितवनका विभिन्न अस्पतालमा गरी ज्वरोका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

 

उपचारको क्रममा माडी ८ की १९ वर्षीया लेखा रेग्मीको मृत्यु भएको हो । भर्ना भएका मध्ये ५० प्रतिशत भाइरल ज्वरोका बिरामी रहेको भरतपुर अस्पतालले जनाएको छ ।


चितवनमा फैलिएको ज्वरोको भाइरसबारे राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको नमुना परिक्षणबाट एच वन एन वन, इन्फ्युएन्जा बी, ल्याप्टोस्पाइरोसिस र डेंगुका किटाणु पाइएको वताइएको छ ।

 

– RSS