प्राध्यापकहरुकै चन्दा आतंक

कमला बस्नेत

 

काठमाण्डौं । विद्यार्थी र अभिभावकपछि अव चन्दा आतंक मच्चाउने काम अव प्राध्यापकहरुले गरिरहेका छन् ।

 

नेपाल प्राध्यापक संघले आसन्न अधिवेशनका लागि भनेर विश्वविद्यालयहरुमा चन्दा आतंक नै सिर्जना गरेको छ ।


यही असोज १९ गतेबाट सुरु हुने आफ्नो महाधिबेशनका लागि लाखौं रुपैयाँ उठाउने लक्ष्य लिएको संघले सवै विश्वविद्यालयलाई पत्र पठाई चन्दा माग गरेको खबर गोरखापत्र दैनिकले छापेको छ । अधिबेशन गर्ने बेला विद्यार्थी र अभिभावकका संघ संगठन सबैले चन्दा उठाउँदै आएका छन् ।


प्राध्यापकहरुले सवैभन्दा बढी त्रिभुवन विश्वविद्यालयसँग चन्दा माग गरिएको बताइएकोछ । अन्य विश्व विद्यालयसँग भने एक एक लाख रुपैयाँ माग गरेर पत्र बुझाएको छ । अहिले नौवटा विश्वविद्यालय रहेका छन् ।