LIVE:- न्यूयोर्क स्थित राष्ट्रसङ्घबाट प्रत्क्षय भिडियो लाईभ । सयुक्त राष्ट्रसङ्घको ६७ औं महासभा आजदेखि अमेरिकामा न्यूयोर्कमा शुरु भएको छ। महासभालाई अमेरिकी राष्ट्रपति बाराक ओवामाले पहिलो सम्वोधन गरेपछि अल्फाबेट र मुलुकको पदीय हैसियतका आधारमा अरु देशले पनि सम्वोधन गर्नेछन् ।
तीन महिना सम्म चल्ने महासभाको उद्घाटनसत्रपछि विभिन्न प्यानलमा छलफल हुनेछ । सम्मेलनमा नेपाल सहित १ सय ९४ राष्ट्र सहभागि छन् । १ सय ६० भन्दा बढी एजेण्डामा छलफल हुने महासभामा प्रशासनीक र राजनीतिक संयन्त्रमा फरक फरक छलफल गरिनेछन् ।
महासभामा नेपालमा तर्फबाट परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।