बुटवलको दैनिकपत्रमा अनिश्चितकालीन ताला


 

कृष्ण खनाल


बुटवल । बुटवल मिडिया प्रकाशन प्रालीद्वारा प्रकाशित दैनिकपत्रमा विभिन्न ७ बुँदे मागसहित कर्मचारीहरुले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।


 हटाइएका कर्मचारीहरुको पुनःबहाली गर्नुपर्ने न्यूनतम पारिश्रमिकको व्यवस्था गर्नुपर्ने कर्मचारीहरुको सरुवा बन्द गर्नुपर्ने सचयकोषको व्यवस्था हुनुपर्ने पदीय वर्गीकरण गर्नुपर्ने रोकिएको तलव भुक्तान गर्नुपर्ने र कार्यकारी सम्पादक रहँदा रहँदै नियुक्ति गरिएका सम्पादकलाई हटाउनु पर्ने सहितका मागहरु पेस गर्दै  अनिश्चतकालीन तालाबन्दी गरिएको कार्यकारी सम्पादक सुरज भण्डारीले जानकारी दिए ।


कार्यरत ४२ जना कर्मचारीहरुको हस्ताक्षरसहित जारी गरिएको प्रेस विज्ञप्तिमा मागहरुको तत्काल सम्बोधन हुनुपर्ने र मागहरु सम्बोधन नगरिएमा तालाबन्दी नखोल्ने उल्लेख गरिएको छ । कर्मचारीहरुले आफ्ना मागहरु पूरा गर्नुपर्ने भन्दै साचालकहरु विरुद्व नाराबाजी समेत गरेका थिए ।यस सम्बन्धमा प्रकाशन प्रा।लि।sा अध्यक्ष राजेन्द्र ध्वजूसँग सम्पर्क गर्दा उनले फोन उठाएनन् ।