अर्घाखाँचीका दुई अहिंसावादी संस्थाद्धारा शान्तिका अग्रदुत गौतम बुद्धको अस्तित्व बचाउन आग्रह

– प्रेमनारायण आचार्य


अर्घाखाँची १० असोज । अहिंसावादी बुद्ध धर्म विश्वशान्ति चक्र संघ अर्घाखाँची र बुद्ध देशना समाज अर्घाखाँचीले स्थानीय शान्ति समितिको कार्यालयमा  संयुक्त अनुरोध पत्र पेश गरी शान्तिका अग्रदुत गौतम बुद्धको अस्तित्व बचाउन आग्रह गरेका छन् ।


यी दुई अहिंसावादी संस्थाका जिल्ला प्रतिनिधिहरुले विगतमा अमेरिकाको आईकन नामक जुत्ता कम्पनीले नेपालको लुम्बिनीमा जन्मनु भएका शान्तिका अग्रदुत एवं नेपालीहरुका गौरब गौतम बुद्धको तस्बीर र भारतले लुम्बिनी नेपालमा होइन भारतमा पर्दछ गौतम बुद्ध नेपालमा होइन भारतमा जन्मेका हुन् भन्दै नेपालबाट शान्तिका अग्रदुत गौतम बुद्धको अस्तित्व नामेट पार्ने गरी दुई शक्तिशाली राष्ट्र अमेरिका र भारतसँग सम्बद्ध पक्षबाट भएका दुश्प्रयासहरुको घोर आपत्ती प्रकट गर्दै गौतम बुद्धको अस्तित्वलाई बचाउन र गौतम बुद्धबाट प्रतिपादित शान्तिरुपी उत्कृष्ट शिक्षाको संरक्षण र संबद्र्धन समेत गर्ने उद्देश्यका साथ गौतम बुद्धको बिशाल मुर्ती अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा राख्न सहयोगको माग गर्दै उक्त अनुरोध पत्र आज शान्ति समिति अर्घाखाँचीमा बुझाएका हुन् ।

 

अनुरोध पत्रमा अहिंसावादी बुद्धधर्म विश्वशान्ति चक्र संघ अर्घाखाँचीका अध्यक्ष खुमलाल शर्मा सचिव शेषकान्त घिमिरे ओसन सदस्यहरु नारायण अर्याल टोप बहादुर बलालका साथै बुद्ध देशना समाज अर्घाखाँचीका जिल्ला संयोजक मोति प्रसाद खनाल सदस्य ठाकुर प्रसाद श्रेष्ठले संयुक्त रुपमा दस्तखत गरी अमेरिकाको आईकन कम्पनी र भारतबाट भएका यी निन्दनीय कार्यहरुबाट नेपालीहरुको सहनशिलता र धैर्यता माथि आक्रमण भएको र यस्ता निन्दनीय कार्यहरु प्रति घोर आपत्ती प्रकट गरिएको उल्लेख गरिएको छ ।


अनुरोध पत्र बुझाए पछि स्थानीय शान्ति समिति अर्घाखाँचीका संयोजक रामजी प्रसाद घिमिरेले आफू र आफ्नो संस्था स्थानीय शान्ति समितिबाट शान्तिका अग्रदुत गौतम बुद्धको सन्धिखर्क बजारमा उपर्युक्त स्थान छनौट गरी मुर्ती राख्ने कार्यमा पूर्णरुपले सहयोग प्राप्त हुने बचन बद्धता समेत ब्यक्त गर्नु भएको बताइएको छ ।

 




Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।




अन्य समाचारहरु