– कृष्ण खनाल
बुटवल । बुटवलबाट प्रकाशित दैनिक पत्रमा उत्पन्न समस्या समाधानको लागि व्यवस्थापन पक्ष र आन्दोलनरत पक्षलाई वार्तामा बसी निकास निकाल्न सम्पादक समूह रुपन्देहीले आग्रह गरेको छ ।
कुनै पनि साचार माध्यम बन्द हुदा नागरिकको सुसूचित हुने अधिकार समेत हनन हुने भएकोले हरेक समस्याको समाधानका लागि वार्ता नै उपयुक्त विकल्प र लोकतान्त्रिक पद्धति समेत भएकोले दुवै पक्षबाट वार्तालाई उपेक्षा नगर्न सम्पादक समूहले अनुरोध गरेको छ ।
मूहका संयोजक डिआर घिमिरे र कार्यक्रम संयोजक खिमानन्द भट्टराईद्धारा जारी विज्ञप्तिमा व्यवस्थापन पक्षले आन्दोलनरत पक्षका जायज मागलाई सम्बोधन गर्न र आन्दोलन पक्षले ताला खोली वार्ताको वातावरण सहज बनाउनुपर्ने उल्लेख गरिएको छ ।
दुवै पक्षले आवश्यक ठानेमा समस्या समाधानका लागि संपादक समूहले सहजिकरणको भूमिका निर्वाह गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।