– शोभाखर पन्थी
अर्घाखाँची । नेकपा माओवादी अर्घाखाँचीले जिल्ला र राष्ट्रिय स्तरका माग समेटेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री डा. बावुराम भट्टराईलाई ८२ बुधे माग पत्र पठाएको छ ।
माओवादीको केन्द्रीय समितिले यस अघि सरकारलाई बुझाएका ७० र जिल्ला भित्रका १२ गरी ८२ बुधे माग पत्र बुझाईएको माओवादीले जनाएको छ ।
जिल्लाका १२ बुँधे माग सहायक प्रमुखजिल्लाअधिकारी भेषराज खनाललाई बुझाउँदै माओवादी जिल्ला ईन्चार्ज भेषराज भुसालले माग पुरा नभए आन्दोलनमा जाने चेतावनि दिए ।
माओवादीले चार्ड वार्डको समयमा हुने किर्तीम अभाव कालो बजारी र मिसावट रोकिनु पर्ने जथाभावि मदिरा उत्पादन ओसार पसार बेचविखन र सेवन तथा जुवातास जस्ता विकृति जन्य कि्रयापलाप रोकिनु पर्ने वर्षातका कारण बिगि्रएका ग्रामीण सडकको पुनर्निर्माण गरीनुपर्ने जिल्लाका प्रत्येक इलाकामा विद्युत काउण्टर स्थापना गरिनु पर्ने रासायनिक मल सर्व सुलभ रुपमा उपलब्ध गराइनु पर्ने सामुदायिक विद्यालयहरुले विभिन्न बहानामा लिने गरेको शुल्क फिर्ता गरिनु पर्ने नरपानीका जनताले चुनढुङ्गा उत्खननको विषयलाई लिएर उठाएका माग पुरा गरिनु पर्ने जिल्लाको दक्षिणी क्षेत्रमा हुदै आएको वन विनास रोक्न तत्काल पहल गर्नुपर्ने चुरे क्षेत्रबाट हुने गरेको ढुङ्गा गिट्टि बालुवा निकासी रोक्नु पर्ने सचिव हरुलाई सम्बन्धित गाविस मै बसेर जनताको काम गर्न लगाइनु पर्ने सालझण्डि ढोरपाटन सडक निर्माणको क्रममा व्यक्तिगत क्षती भएकाहरुलाई क्षती पुर्ती उपलब्ध गराईनु पर्ने जिल्लामा भएका विकास निर्माणका कामको नागारिक लेखा परिक्षण गरिनु पर्ने माग राखेको छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.