म्याड्रिड – स्पेनमा सरकारी खर्च कटौतीको विरोधमा व्यापक जनप्रदर्शन भएको छ । राजधानी म्याड्रिडमा हजारौंले प्रदर्शन गरेपछि सुरक्षाकर्मीले रबरको गोली प्रहार गरेका छन् ।
सुरक्षाकर्मीको लाठी चार्ज र रबरको गोली प्रहारबाट दर्जनौ घाईते भएका छन् । प्रदर्शनकारीहरु संसद भवनमा प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको जनाइएको छ ।
आर्थिक संकटबाट गुज्रिरहेको स्पेनमा पछिल्लो समय सरकारी सुविधा र खर्चहरुमा व्यापक कटौती गरिएको छ । आगामी विहिबार सरकारले खर्च कटौतीका अझै कडा नीति सार्वजनिक गर्ने तयारी गरेपछि ठूलो संख्यामा सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन् ।
संसद भवन वाहिर केन्द्रित पछिल्लो आन्दोलनलाई उनीहरुले अकुपाई काँग्रेस नाम दिएका छन् । स्पेन सरकारले आर्थिक वर्ष २०१३ का लागि अनुमानित वजेट यहि विहीवार संसदमा प्रस्तुत गर्दैछ ।
तीन वर्षदेखि आर्थिक संकटबाट गुज्रिरहेको स्पेनमा युवा वेरोजगारी दर बढेर २५ प्रतिशत नाघेको छ ।