राष्ट्रसंघको महासभा चलिरहेको बेला अमेरिकाको सयौं अमेरिकी नागरिकद्धारा न्युयोर्कमा ईरान र सिरिया बिरुद्ध ब्यापक प्रदर्शन

संयुक्त राष्ट्रसंघको महासभा चलिरहेको बेला अमेरिकाको सयौं अमेरिकी नागरिकले न्युयोर्कमा ईरान र सिरिया बिरुद्ध ब्यापक प्रदर्शन गरेका छन् ।

 

ईरानी राष्ट्रपति मोहमद अहमदिनेजादले महासभामा संबोधन गरीरहदा सयौं प्रदर्शनकारीले न्युयोर्कको बिभिन्न ठाउँमा एकैसाथ प्रदर्शन गरे ।

 

सिरियामा जारी हिंसाको पछाडि ईरानको हात रहेको र सिरियालाई हातहतियार, तथा आर्थिक सहयोग गरेको भन्दै प्रदर्शनकारीले ईरान र सिरियाबिरुद्ध चर्को नारा लगाउँदै प्रदर्शन गरेका हुन ।

 

प्रर्दर्शनकारीहरुले ईरानी राष्ट्रपति मोहमद अहमदिनेजाद र सिरियाका राष्ट्रपति बसार अल असदको भेषमा प्रदर्शन गरेका हुन् । RSS