थाहा थिएन फुलमा पनि धार हुन्छ भन्ने

राज थापा

अर्घाखाँची ७ धारापानी

हाल दोहा कतार

 

थाहा थिएन फुलमा पनि धार हुन्छ भन्ने
त्यही फुलको धारले मुटुक पार हुन्छ भने
न खोजे भो बतासमा हिडने यात्रीलाई 

साच्चै हुदो रहेछ साथी नसोचेको थिए
औषधीको बोट पनि झार हुन्छ भन्ने
न चिनेमा को हो कोहो चिने पछी आफ्नो भयो
देखिन म अघी पनि बार हुन्छ भन्ने


हासी हासी छुरा धस्ने खुनिलाई भुल्दिन म
तर पनि किन किन उसलाई  भुल्दैन म
थाहा थिएन फुलको पनि धार हुन्छ भन्ने म


बरु मा  नै बेहोसी भै भुल्छु आँफैलाई
तड पाएर छोडी जाने बैगुनिलाई भुल्दिन म
थाहा थिएन फुलको पनि धार हुन्छ भन्ने


सपनाको सुन्दर संसार सजाएर रखौ भन्थे म
यस्तै रहेछ यो संसार बल्ल चाल पाहे …
आफु लाई जस्तो अरुलाई आफ्नै ठान्थे म


दुखेको मनको  पिडा अरुलाई साटने बाटने भन्थे म
किन किन आफ्नो छाया आँफैसँग डराउडै भागीदिनछ
पछी हेरौ भन्छु छाडी जाने दोवहरु
कस्तो प्रकाश पाहिलाहरु सबै छराउदै भागी दिन्छ