काठमाण्डौबाट लुक्लातर्फ उडेको सीता एयरको विमान दुर्घटना, १९ जना सबैको मृत्यु
आश्विन १२ गते, २०६९ मा प्रकाशित
काठमाडौ – काठमाडौंबाट सोलुको लुक्लाका लागि उडेको विमान दुर्घट्ना भएको छ । विमान लोकन्थली मनोहरा खोला छेउमा दुर्घट्ना भएको छ । विमानमा रहेका १९ जना सबैको निधन भएको छ ।
बिहान ६ बजेर १५ मिनेटमा उडेको सीता एयरको 9N AHA डोर्नियर विमान त्रिभुवन विमानस्थलबाट उडेको २ मिनेट भित्रै आकाशमै आगो लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । विमानमा १५ जना विदेशी नागरिक, ३ जना चालक दल तथा १ जना नेपाली यात्रु थिए । विमानको पछिल्लो भाग बाहेक सम्पूर्ण भाग जलेको छ । विमानका चालक विजय तन्डुकार थिए । दुर्घट्नाको कारण खुल्न सकेको छैन । विमानमा के कारणले दुर्घट्ना भएको हो बारे अनुसन्धान भइरहेको छ । विमानमा रहेको ब्लयाक बक्स भेटिएको छ । चालक तन्डुलकरले त्रिभुवन विमानस्थल टावरसंग विमान फर्काउन लागेको सूचना दिना साथ दुर्घट्ना भएको बताइएको छ ।
चालक तन्डुलकारले विमानलाई मनोहरा खोलामा अवतरण गराउने प्रयास गरेको अनुमान गरिएको छ । तर, त्यसमा पनि उनी सफल हुन सकेका छैन । वस्तीभन्दा बाहिर भने विमानलाई झारेर थप क्षति हुनबाट उनले जोगाएका छन् ।
विमानका को पाइलट थाकेसी थापा र एयर होस्टेस रुजा शाक्य थिए । विमानमा रहेका विदेशीहरु ब्रिटिश, जापनिज र इटालयिन नागरिक थिए ।
दुर्घट्नामा मृत्यु हुनेमा जापानी ५ जना, इटालियन २ जना, बेलायती ८ जना, १ जना नेपाली यात्रु र ३ जना नेपाली चालक दल रहेको सीता एयरले जनाएको छ ।एकजना नेपाली यात्रु नेपाली सेनाका अमलदार कुमार मस्र्याङदी मगर थिए । बर्दिया घर भएका उनी कार्यालयको काममा काठमाडौं आएर फर्किदै थिए । घट्नाबारे बुझ्न दुर्घट्नास्थमा बिहानैदेखि हजारौं सर्वसाधारणको ताँती लागेको छ ।
यो जहाजको दुर्घट्नासंगै सीता एयरसंग अब २ वटा डोर्नियर मात्र बाँकी छ ।
काठमाण्डौ बाट लुक्लातर्फ उडेको जहाज दुर्घटना भएको छ ।
उडेको २ मिनेटमै सीता एयरको विमान पड्किएर आगोको मुस्लो सहित मनोहरमा खसेको जानकारी अर्घाखाँची डट्कम् यूएई डेस्क लाई प्राप्त भएको छ ।
बिहान ६:१५ मा काठमाण्डूमा दुर्घटना भएको हो ।
जहाजमा १६ यात्री थिए । १६ यात्री र चालक दलका तीन सदस्यहरु रहेको बताइएको छ ।
चालक दलका ३ र अन्य १६ को मृत्यु भएको छ ।
क्याप्टेन बिजय तण्डुकार र टी थापाको नेतृत्वमा विमान उडेको सीता एयर स्रोतले नजाएको छ ।
प्रत्यक्षदर्शीहरुले बताए अनुसार अहिले त्यहा उद्धार जारी रहेको छ ।