संविधान सभा पुर्नस्थापना उत्तम विकल्प: आङकाजी शेर्पा

– कष्ण खनाल


बुटवल  । नेपाल अदिवासी जनजाती महासंघका महासचिव आङकाजी शेर्पाले बर्तमान राजनीतिक संकमणकालीन निकासको उक्तम विकल्प संविधान सभाको पुर्नस्थापना भएको बताएका छन ।


अवसान भएको संविधानसभा श-शर्त रुपमा पुर्नस्थापना गर्नुपर्ने भन्दै उनले एक महिनाको लागि विवादित विषयहरुमा पहिला नै सहमति गरेर संविधान सभा पुनःस्थापना गर्नुपर्ने बताएका हुन । नया पर्टि गठनको प्रकि्रया अन्र्तगत प्रशिक्षणका लागि रुपन्देहीमा आएका  शेर्पाले शुक्रबार आदिवासी जनजाती पत्रकार संघ अनीज रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलेनमा बोल्दै उक्त कुरा बताएका हुन ।

 

संविधान नै जारी नगरी ९ अर्ब रुपैया सकिएकोले आगामी दिनमा संविधान सभाको निर्वाचन गर्नु ज्यादै खर्चीलो हुने भएकाले  संविधान सभा पुनःस्थापना गरी संविधान जारी गर्नुपर्ने  र पुन नयाँ निर्वाचनबाट जनिर्वाचित सरकार  गठनबाट देश चलाउनुपर्ने धारणा राखे ।


आदिवासी जनजातीहरुले उठाएको  प्रमुख मुद्वा जातिय पहिचान सहितको  संघीयताको एजेन्डा नेपालका प्रमुख दलहरुले  स्वीकार नगरेकोले संविधान सभाको अवसान भएको भन्दै नेता  शेर्पाले भने -नेपाली कांग्रेस एमाओवादी नेकपा एमाले तथा मधेसवादी दलहरुको कारण संविधान सभा विगठन भएको हो । उनले माओवादीमा आएको फुटको कारणले समेत संविधानसभा विगठनमा थप बलपुगेको भन्दै संविधान सभा विगठनको जिम्मा प्रधानमन्त्री बाबुराम भट्राई प्रचण्ड र सभामुख  सुवास चन्द्र नेम्बाङले लिनुपर्ने समेत बताए ।


पछिल्लो समयमा पुर्व राजा ज्ञानेन्द्र शाहले  धार्मीक भ्रमणको नाममा लोकतन्त्र र गणतन्त्रमाथि धावा बोल्नेकाम गरेको भन्दै पुर्वराजाले राजाकै हैसीयतमा देशव्यापी भ्रमण गर्दा नेपालका प्रमुख राजनीतिक दलहरु नबोल्नुने कतै दलहरुको पनि पूर्व राजा तथा कमलथापा संग साठगाठभएको आशंका समेत व्यक्त गरे । वर्तमान रानीतिक निकासको विकल्प भनेको जनचिर्वाचित सांसदहरुबाटै संविधान सभा जारी गर्नुपर्ने र दलहरविचमा सहमति र सहकार्य पनि अपरिहार्य भएको उनको भनाई थियो ।


आदिवासी जनजातिहरको अगुवाईमा छिट्टै नै संघीय समाजवादी पार्टि गठन हुने भन्दै नेता शेर्पाले नयाँ पार्टि गठनएपछि अहिलेका नेपाली कांग्रेस एमाले तथा माओवादीको राजनीतिक हैसीयत समेत समाप्त भएर जाने दावी गरे । जातियता पहिचान सहितको संघीयताको कारण राष्ट्रियता कमजोर हुन्छ भन्ने कुरा निराधार भएको उनको भनाई थियो ।