– प्रेमनारायण आचार्य
अर्घाखाँची १२ असोज । उद्योग बाणिज्य संघ अर्घाखाँचीको पाँचौ साधारण सभा तथा चौथो अधिवेशन आज देखि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सुरु भएको छ ।
पाँचौ साधारण सभा तथा चौथो अबिधेसनको पानसमा बत्ती बालेर उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद शर्माले उद्घाटन गर्नु भएको छ ।
कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद शर्माले सरकारले दशै तिहारको मुखमा आएर खाद्य बस्तुको अधिकतम मुल्य तोकेर सर्ब साधारणलाइ राहत नभै ढाड सेक्ने काम गरेको बताउनु भयो ।
उद्घाटन समारोहमा मन्तब्य राख्दै उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य भुषण रजवल्ट र शंकर श्रेष्ठले उद्योग र ब्यपारको बिकास गरि आर्थिक क्रान्ती गर्न राज्यले नया निति ल्याउनु पर्ने र ब्यबसायीहरुको सुरक्षाको ज्ञयारेन्टी पनि सरकारले लिनु पर्ने बताएका थिए ।
उनीहरुले बिभिन्न बहानामा राजनितिक दल र तिनका भातृ संगठनहरुले ब्यबसायीहरु संग चर्को चन्दा असुली गररहेकाले पनि उद्योगी ब्यबपारीहरु बढी पिडीत बन्नु परेको बताएका थिए ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी भेसराज खनाल गणपति रामकाजी राना मगर एमाओबादीका केन्द्रिय सदस्य कमल खनाल नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल एमालेका जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरे रष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसी उद्योग बाणिज्य संघका बिष्णु प्रसाद शर्मा सुरेस प्रसाद श्रेष्ठ मधुसुदन बैजु नबराज श्रेष्ठ जमसेर मिया उद्योग बाणिज्य संघ अर्घाखाँचीका पुर्ब जिल्ला अध्यक्ष गोपाल प्रसाद भुसाल पत्रकार महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थी रेडक्रस सोसाइटीका जिल्ला उपाध्यक्ष कुसल भुसाल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता सचिब नेत्रप्रसाद भुसालको संचालन र बरिष्ट उपाध्यक्ष असोक श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न भएको हो । अबिधेसनले नया नेतृत्व पनि चयन गर्नेछ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।