परदेशीको बास्तबिकता

नेत्र बेलबासे
मैदान २ अर्घाखाँची
हाल- साउदी अरेबिया

 


बिदाइमा खुट्टा ढोग्ने बेला ,
भाग्यमानी भएस भन्थेउ आमा
तिम्रो छोरो साहुको खातामा उधारो बाचिरहेको छ .
जान्छु भनि झोला बोक्ने बेला ,
हाँसी खुसि रहेस भन्थेउ आमा ……
तिम्रो छोरो आँसु लुकाउदै उधारो मुस्कुराई रहेको छ .
बिदाइमा खुट्टा ढोग्ने बेला ,
इमान्दारी त बेच्नै पर्ने रहेछ यहाँ पैसा कमाउन ….
तिमीले त भन्थेउ नहुनु बेइमानी .
त्यही बानी मेरो गएन आमा ,
दमको रोग बढ्दै गएको होला…..
छानो नि चुहिदै रहेको होला .
धन बोकी आउने टिनले घर छाउने,
सपना पुरा भएन आमा ……
बिदाइमा खुट्टा ढोग्ने बेला .
नाम दाम र इज्जत कमाउनु हई भन्थेउ ,
बेग्लै पहिचान बनाउनु हई भन्थेउ …..
सकिननि मैले आफुलाई चिनाउन
यो भिडमा भीड बनेको छु आमा ,
तिम्रो पोल्टामा खुसि हाल्न पाईन…..
तिमीलाई सुखले कहिले पाल्न पाईन
नसोध भोक तिर्खा र सन्चो बेसंचो ,
बाँचेमा आउँला भनेको छु आमा ….
बाँचेमा आउँला भनेको छु आमा