– सागर कुँवर
सामान्यतः हेर्दा देश सरासर चलेको जस्तो देखिन्छ तर आज देशका अगाडि गम्भिर प्रकारका राष्ट्रिय समस्याहरु उत्पन्न भएका छन । राजनीतिक दलहरुका बिचको बढ्दो दुरीले देशमा राजनीतिक सहमतिमा समाधान भन्दा पनि मुठभेड वा भिडन्त तर्फ उन्नमुख भएको तत्कालिक अवस्थामा देशमा समस्याहरु बढेर जाने सम्भावाना वा त्यसको संकेतहरु देखिएका छन । सामान्यतः आजको देशको राजनीतिक निकास भनेको राजनीतिक सहमतिमा नया सरकारको गठन त्यो नया सरकारको मातहतमा नया संविधानसभाको चुनाव हो जुन देश र जनताको तथा स्वयम राजनीतिक दलहरुको हितमा हुने थियो तर राजनीतिक दलहरुको सत्ता मोहको कारणले गर्दा नै देशमा अन्योल र अस्थिरता सृजना भएको छ । चुनावमा जाने दलहरुको स्वागतयोग्य कदम भएता पनि उनिहरु त्यो चुनावलाई आफ्नो पक्षमा बहुमत जुटाउन नै सरकारको नेतृत्व गर्न पाउनु पर्ने जस्ता कुतर्कहरुमा अल्झिरहेका छन ।
प्रजातन्त्रको सामान्य नियमले पनि प्रजातान्त्रिक शाशन व्यावस्थामा चुनावलाई प्रमुख मानेको हुन्छ । देशको तक्कालिक अवस्थामा बाबुराम भटराई संविधान निर्माण गर्न नसकेर चोर बाटो बाट संविधानसभाको घाटी रेटेर विस्तारवादी तथा साम्राज्यवादी स्वार्थमा माओवादी अधिनायकवाद स्थापना गर्न आतुर छन । उनले आफ्नो कार्यलाई पर्दा हाल्नको लागि केहि समय पहिला केहि दैनिक राष्ट्रिय पत्रपत्रिकाहरुमा गोहिको जस्तो आँसु चुहाउदै केहि लेखहरु सार्वजनिक गरेका थिए । साथ साथै उनले बारम्वार आफू बाधा नबन्ने भनेर दोष जति अरुलाई थोपर्नका लागि पनि आफ्नो सार्वजनिक अभिव्यक्तिहरु सार्वजनिक गर्ने गरेका छन । सामान्य राजनीतिक कार्यकर्ता तथा आम जनतालाई थाहा भएको कुरा यो हो कि बाबुराम सरकार नै तत्कालिक राजनीतिक निकासको मुख्य बाधक शक्ति हो । तर बाबुराम सत्ता छाडेर समस्या समाधान भन्दा पनि समस्यालाई चर्काउनको लगि विस्तारवाद र साम्राज्यवादको चाकडि चाप्लुसी गर्नको लागि आफ्नो प्रधानमन्त्रिको कुसर्िमा लिसो टासिए झैं टासिएका छन । यो देश र जनताको लागि सुखद अवस्था हैन ।
इतिहासमा कालो पोतिएका अनुहारहरु खुलेआम गुमेको स्वर्ग फिर्ता गर्नको लागि धार्मिक भ्रमणको नाममा गणतन्त्रका विरुद्ध चलखेल गरिरहेका छन । जातिवादी हावाका कारण राष्ट्रिय पार्टीहरु टकि्रएर जातिवादी र क्षेत्रीयतावादी दलमा रुपान्तरण भएका छन । सरकार तथा आफूलाई महा क्रान्तिकारी शक्ति बताउनेहरु त्यही जातिवादी तथा क्षेत्रीयतावादी कार्यलाई मलजल गर्न नै व्यस्त छन । सामाजिक न्याय र स्वतन्त्रता भन्ने कुरा पुनः हराउँदै गएको छ । माओवादीले आफ्नो पक्षमा फाइदा हुने अवस्था आएमा उनिहरुले समपूर्ण सिद्धान्तहरुलाई तिलााजली दिन्छन तर जब उनीहरु माथि समस्याहरु पैदा उत्पन्न हुन्छन तब उनीहरु उग्र क्रान्तिकारी नाराहरुको सहायता लिने गर्दछन । माओवादीको आज सम्मको इतिहासले त्यो कुरालाई प्रमाणित गरिसकेको छ ।
ऋाज देशमा माओवादीका कारणले नै समस्या उत्पन्न भएको हो । माओवादी आफ्नो अधिनायकत्व स्थापना गर्नको लागि सरकार नछाड्ने कुराहरु बताइरहेका छन । माओवादी अध्यक्ष प्रचण्डले कांगेसलाई सरकारको नेतृत्व दिन नसकिने एमालेलाई त झन दिन नै नहुने भन्ने भनाई सार्वजनिक गरेका छन । यसको अर्थ यो हुन्छ कि सरकारको नेतृत्व माओवादीले नै पाउनु पर्छ । यहाँ यो पनि स्पस्ट हुन्छ कि यदि बाबराम प्रधानमन्त्रिबाट हटे भने पनि प्रचण्ड नै प्रधानमन्त्रि हुनु पर्दछ प्रचण्डको भनाईको निश्कर्ष यो नै निस्कन्छ । आज देशमा समस्या मुख्यतः माओवादीबाट नै उत्पन्न भएको छ त्यसकाण माओवादीका गलत नितिका विरुद्ध भण्डाफोर गर्नु पर्दछ ।
अर्को तर्फ माओवादीका साथै मधेसवादी क्षेत्रीयतावादी दलहरुबाट पनि समस्याहरु उत्पन्न भएका छन । मधेसवादी दलहरु देश र जनताको लागि वा स्वयम मधेसी जनताको लागि भन्दा पनि भारतीय विस्तारवादको सेवा गर्न नै जोडदार रुपमा अगाडि बढेका छन । सरकारमा जुन पार्टीसँग पनि सामेल हुने उनीहरुको निति छ । उनीहरुले एक मधेस प्रदेश नभएमा एक नेपाल पनि नरहने सार्वजनिक भनाईहरु प्रकट गर्दै आएका छन र लगातार रुपमा विखण्डनवादको पक्षमा लड्दै आएका छन । आज मधेसवादी शक्तिहरु जसले क्षेत्रीयतावादी आन्दोलनको नेतृत्व गरेका छन जातीय संघ संस्थाहरु त्था जातिवादी पार्टीहरुले जातिवादी आन्दोलनको नेतृत्व गरिरहेका छन । तर समग्रमा माओवादीहरुले त्यो जातिवादी तथा क्षेत्रीयतावादी आन्दोलनको नेतृत्व गरेका छन । माओवादीलाई फाइदा भएमा उनीहरु एक मधेस प्रदेश तथा जातीय राज्यहरुको निर्माण गर्न विध्वंस मच्चाउन समेत तयार छन । यसरी सरकार सम्हालेको पार्टी नै जातिवाद र क्षेत्रीयतावादलाई बोकेर हिडेको छ र समस्या पनि त्यही नै छ ।
संविधानसभा जातिवाद र क्षेत्रीयतावादको शिकार भएर संविधान दिन नसकेको यर्थाथतामा माथि मध्यनजर गर्ने हो भने नेपालको वस्तुगत यर्थाथतालाई नियाल्ने हो भने त नेपालमा संघीयता र्नै समस्याको विषय हो । जातिवाद क्षेत्रीयतावाद तथा बिखण्डनवादको मुख्य स्रोत नेपालमा संघयिता नै हो । फेरी पार्टीहरु जुन विषय समस्या हो त्यसैलाई बोकेर हिड्ने भने समस्या समाधान भन्दा पनि समस्या झन गम्भिर बन्नेमा कुनै शंका रहन्न ।
माओवादी मधेसवादीका साथै कांग्रेस एमाले पनि जिम्मेवार छन तत्कालिक समस्या प्रति । उनीहरु पनि राजनीतिक नैतिकतामा भन्दा पनि नाफा घाटामा नै चल्ने गर्दछन । देश रोएको बेलामा कुनै ठोस प्रकारको समस्याको समाधान निकाल्न सकेका छैनन् । अर्को तर्फ देशमा जनआन्दोलनको सृजना गर्नु पर्नेमा उनीहरु माओवादीले जता जता आइजा भन्यो उता उता नै दोडिरहेका छन । उनीहरु माओवादीको साँचि बस्दै हिडेका छन यो पनि सुखद पक्ष होइन । कि त माओवादीले सरकार छाडेर नया सरकारको लागि पाईला चाल्नुपर्छ यदि त्यस प्रकारको परिस्थितीको सृजना हुदैन भने त्यस सरकारका विरुद्ध जनआन्दोलन उठान गर्नु पर्छ । तर त्यो दिशा तर्फ कांग्रेस एमालेले ध्यान दिएको पाइन्न ।
बाबुरामले जब सम्म सत्तामा बसिरहन्छन तब सम्म कुनै प्रकारको निकास निस्कने सम्भावाना छैन । भटराई सरकारले बारम्बार राष्ट्रपतिलाई दबाब दिएर आफ्न अभिष्टहरु पूरा गर्नको लागि अगाडि बढिरहेको छ । सामान्यत: भटराई सरकार असंवैधानिक भए पछाडि त्यस प्रकारको अध्यादेशहरु राष्ट्रपतिकोमा पठाउनु पनि संवैधानिक हुदैन । भटराई सरकार नै तत्कालिक राजनीतिक समस्याको बाधक भए पछि उनी सत्तामा बस्नै नैतिक अधिकार पनि छैन । भारतीय विस्तारवादले जहिले सम्म भटराई सरकार बाट फाइदा लिनेछ त्यो दिन सम्म नै भटराई सरकारले भारतीय विस्तारवादको समर्थन पाउनेछ जब भारतीय विस्तारवादले फाइदा लिने सम्मभावाना खतम हुनेछ अनि भारतीय विस्तारवादले उनलाई सत्ताबाट घोक्रेठ्याक लगाउने छ । तर त्यसवेला सम्म नेपाल नरहन पनि सक्नेछ । त्यसकारण जनआन्दोलनको सृजना गरेर नै भटराई सरकारको समाप्ति नयाँ राष्ट्रिय सहमितको सरकारको निर्माण र तयसको मातहतमा संविधानसभाकोश चुनाव नै सहि मार्ग निर्देशन हुनेछ ।