चिनियां कम्युनिष्ट पार्टीले चोङकिङ नगरका निलम्बित पार्टी प्रमुख बो सिलाई पार्टीबाट निश्काशित

चिनियां कम्युनिष्ट पार्टीले चोङकिङ नगरका निलम्बित पार्टी प्रमुख ६३ वर्षीय बो सिलाई पार्टीबाट निश्काशित गरेको छ । उनीमाथि घूस लिएको, महिलाहरुसँग अनुचित सम्बन्ध राखेको , भ्रष्टाचारमा संलग्न रहेको र शक्तिको दुरुपयोग गरेको आरोप लागेको छ । बोविरुद्ध अब अदालत मुद्दा चल्ने भएको छ । अर्वपति बेलायती व्यवसायी निल हेउडको हत्या अभियोग उनको श्रीमती गु कालाई निलम्बित मृत्युदण्डको सजाय भोगिरहेकी छन् ।


राजनीतिक जीवनको लगभग अन्त्य भइसकेको बोले अबका बाँकी दिनहरु जेलमा विताउनु पर्ने संभावना बढेको छ । उनलाई गत अप्रिलमा नै पार्टीको विभिन्न पदबाट हटाइएको थियो । श्रीमतीले गरेको हत्या प्रकरण चर्चामा आएपछि बोलाई सार्वजनिक स्थलमा देखिएको छैन । यो काण्डमा उनको सहयोगी चीनका एक पूर्व प्रहरी प्रमुख वाङ लिजुनलाई १५ वर्ष सजाय भइसकेको छ । यो काण्डअघि उनी पार्टी प्रमुखका दावेदार थिए ।

 

– Agencies