सिरियाको अलेपो प्रान्तमा सरकारी सेनाले गरेको हवाई आक्रमणबाट ठूलो क्षति

सिरिया । सिरियाको अलेपो प्रान्तमा सरकारी सेनाले गरेको हवाई आक्रमणबाट ठूलो क्षति भएको छ । सिरियामा एकै दिनमा बिहीबार मात्र ३ सय ५० व्यक्तिको ज्यान गएको थियो । लडाकु विमानले विद्रोहीको बलियो पकड क्षेत्र एलेपो सहर नजिकै अलबाब र मोरआ सहरमा आक्रमण गरेको बिभिन्न अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।

 

 एलेपो सहरमा सेनाले गरेको कारवाहीमा परी कम्तीमा पनि १६ जना अल कायदाका लडाकुको ज्यान गएको छ ।


उक्त क्षेत्रमा सरकारी सेनाले लामो समयदेखि धरपकड जारी राखको र यही क्रममा समयदेखि उक्त क्षेत्रमा अल कायदाका लडाकुहरुले आतंक मच्चाइरहेको दावी गर्दै आएको थियो ।


राजधानी दमास्कस लगायत कयौं सहरमा सेनाले बमवर्षा र गोली प्रहार जारी राखेको छ । आन्दोलनका कारण करिब १० लाख जनता विस्थापित भएको र एक लाख ४० हजारभन्दा बढी जनता छिमेकी मुलुकमा शरण दिन पुगेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ । राष्ट्रसघं र अरव लिगका विशेष दूत लख्दर ब्राहिमीले सिरियाको अवस्था सोचे र कल्पना गरिएको भन्दा खराव हुँदै गएको बताएका छन् । सिरिया पुगेका ब्राहिमीले शुक्रबार राष्ट्रपति बसार अल असादसँग भेटवार्ता गर्ने अनुमान गरिएको छ । उनले सिरियाका विपक्षी नेताहरुसँग भेटवार्ता गरिसकेका छन् ।

 

– Agencies