गुल्मी । गुल्मी जिल्लाका स्थानीय राजनीतिक दलले आगामी १० वर्षसम्म बन्दहडताल नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्लालाई कृषिको नमुना र आत्मनिर्भर जिल्लाका रुपमा स्थापित गर्न उनीहरूले शनिवार १० वर्षे कृषि अवधारणापत्र तयार गरी सरकारलाई पेस पनि गरेका छन् ।
राजनीतिक दलले आधुनिक कृषि प्रणालीअनुसार कृषि उत्पादन गरी १० वर्षमा १६ हजार घर परिवारलाई रोजगारी दिने लक्ष्यका साथ सो कृषि अवधारणा तयार गरेका हुन् ।
– RSS