पश्चिमनेपाल बस ब्यबसायी समितिमा खरेल

कमला बस्नेत

 

रुपन्देही १४ असोज । पश्चिम नेपाल बस ब्यबसायी समितिको अध्यक्षमा दधि खरेल १०२५ विजयी, भएका छन भने उनका प्रतिद्धन्दी नारायण घिमिरे ६८५ पराजित, भएका छन ।

 

त्यस्तै वरिष्ठ उपाध्यक्षमा गणेश भट्टराई ११८७ विजयी, भएका छन उपाध्यक्षमा कृष्ण खड्का ८९२ र ध्रुबराज अर्याल ७०१ विजयी, महासचिवमा जीवनकुमार बञ्जाडे १०४० विजयी, सचिवमा गोपालबहादुर पौडेल ८५४ विजयी सहसचिवमा कुष्माखर रेग्मी ८३९ र मोहन पिएस ७१९ विजयी तथा कोषाध्यक्षमा पदमराज गाहा १००९ विजयी, । का.का. सदस्यहरुको मतगणना सुरु भएको छ ।

 

निर्वाचनमा एकिकृत माओवादी र नेपाली कांग्रेसकाबीच चुनावी तालमेल भएको थियो । घोषित परिणाममा एकिकृत माओवादी पक्षबाट अध्यक्ष र सहसचिव, नेपाली कांग्रेस पक्षबाट उपाध्यक्ष र कोषाध्यक्ष एवं एमालेबाट बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव सहसचिवमा विजयी भएका छन् ।

 

अन्यको परिणमा आउन बाकी रहेको छ यस क्षेत्रको सबैभन्दा ठुलो समिति रहेको १९ सयभन्दा बढी सदस्य छन भने २१ करोड भन्दा बढी को बजेट यस समितिमा रहेको छ । यस समितिका बस नेपाल अधिराज्य भर संञ्चालनमा रहेका छन ।