यूरोपमा बेरोजगारीको दर अहिलेसम्मकै उच्च

यूरोपका विभिन्न मुलुकहरुमा बेरोजगारी दर फेरि बढेको छ । यूरोपमा गत महिना मात्रै बेरोजगारीको दर अहिलेसम्मकै उच्च पुगेको र १ करोड ८२ लाख बेरोजगार रहेको जनाइएको थियो । युरोपियन युनियनको तथ्यांक एजेञ्सीले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार अगष्ट महिनामा मात्रै थप ४९ हजार मानिस बेराजगार बनेका छन् ।


स्पेनमा सबैभन्दा बढी २५ प्रतिशत भन्दा बढी मानिस बेरोजगार भएका छन् भने अष्ट्रियामा बेरोजगारी दर सबैभन्दा कम ४ दशमलब ५ प्रतिशत रहेको छ । जर्मनीमा भने यो दर ५ दशमलब ५ प्रतिशत छ ।


आर्थिक संकटले गाँजेपछि स्पेन, ग्रीस र पोर्चुगलमा सरकारले खर्च कटौति र करको दर बढाउने योजना सार्वजनिक गरिसकेका छन् । सर्वसाधारण भने सरकारी खर्च कटौतीको योजनाको विरोधमा प्रदर्शनमा उत्रिएका छन् ।

 

– एजेन्सी