नेपालमा पर्यटन आगमनमा बृद्धि जारी

काठमाडौं  । नेपालमा बर्षको शुरु महिना देखि जारी पर्यटक आगमन बृद्धि नवौं महिना पनि जारी रह्यो । सेप्टेम्बर महिनामा पनि हवाई मार्ग भएर नेपाल आउने पर्यटक अघिल्लो बर्षको यसै महिनाको तुलनामा ७ प्रतिशत बढीले बृद्धि भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको तथ्यांक उदृत गर्दै पर्यटन बोर्डले नेपाल आउने पर्यटक बढ्ने क्रम जारी रहेको जनाएको हो ।


यो महिना हवाई मार्ग भएर कूल ४९ हजार ७५ पर्यटक भित्रिएको बोर्डले जनाएको छ । यस अवधिमा सबै जसो क्षेत्रका पर्यटक बढेका छन् । दक्षिण एशियाली मुलुकहरुका पर्यटक करिब साढें दुई प्रतिशतले बढेको जनाइएको छ । यस अवधिमा भारतीय पर्यटकको संख्या १३ प्रतिशतले बढेको छ । यस्तै श्रीलंकाली पर्यटक साढें २८ प्रतिशतले बढेको पनि बोर्डले जनाएको छ ।
 
अन्य एशियाली मुलुकहरुमध्ये चिनियाँ पर्यटकको संख्या पनि अघिल्लो बर्षको यसै महिनाको तुलनामा १७ प्रतिशतले बढेका छन् । यसैगरी युरोपेली पर्यटक आगमनमा साढें दुई प्रतिशत बढीले बृद्धि भएको तथ्यांक छ । यो महिना हवाई मार्ग भएर ६१ हजार ३ सय ६९ नेपाली मुलुक भित्रिएका छन् भने ६५ हजार ६ सय १५ नेपाली बाहिरिएको बोर्डले जनाएको छ ।

 

– RSS