काठमाडौं – नजिकिँदो चाडपर्वमा सुरक्षा व्यवस्था मजबुत गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले डेढमहिने सुरक्षा योजना सार्वजनिक गरेको छ। परिसरले सोमबार दसैं/तिहार र छठ पर्व केन्द्रित सुरक्षा योजना सार्वजनिक गरेको हो।
चाडपर्वमा डकैती, लुटपाट, कालोबजारी र चोरी घटना बढ्ने भएकाले प्रहरीको सुरक्षा योजना त्यसैमा केन्द्रित छ। विशेषतः दसैंमा उपत्यकाबाट बाहिरिनेको संख्यासँगै चोरी र डकैती घटना बढ्ने गरेकाले सुरक्षाको प्रमुख चुनौती भएको परिसरका एसएसपी जयबहादुर चन्दले बताए।
प्रहरी सर्वसुलभता, अपराध न्युनीकरण, प्रहरी प्रभावकारिता बढाउन सुरक्षा योजना लागु गरिएको चन्दले बताए। चन्दका अनुसार सोमबार बेलुकाबाट सुरक्षा योजना कार्यान्वयनमा आएको छ। सुरक्षा परिचालन, परिमार्जन र अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मुख्य कमान्ड पोस्ट खडा गरिने योजनामा छ। कमान्ड पोस्टमा सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि रहनेछन्। सहायक प्रजिअको नेतृत्वमा समेत छुट्टै कमान्ड पोस्ट राखिने योजनामा उल्लेख छ।
योजना अनुसार सुपरमार्केट, डिपार्टमेन्ट स्टोर, गहना पसल र वित्तीय संस्थामा हुनसक्ने डकैती, चोरी र लुटपाट रोक्न सादा पोसाकका प्रहरी परिचालन गरी धराप निर्माण गरिनेछ। अपराध नियन्त्रणका लागि प्रशिक्षित कुकुर, सिआरभी, सरप्राइज चेकिङ, मोबाइल गस्तीलाई बढाइएको चन्दले बताए।
काठमाडौंमा ३ हजार २ सय प्रहरी परिचालित हुनेछन्। यसका लागि परिसरका २ हजार ७ सय, सादा पोसाकमा २ सय र थप ५ सय प्रहरी परिचालित हुनेछन्। गस्ती/पेट्रोलिङका लागि ४२ वटा सिआरभी, २४ वटा मोबाइललगायत् सवारी साधनसँगै १६ स्थानमा क्विक रेस्पोन्स टिम(क्युआरटी) परिचालन गरिने योजनामा छ। योजनाअनुसार क्युआरटी टोलीले विशिष्ट अधिकारी, सुनचाँदीको व्यापार हुने केन्द्र, बैंक तथा वित्तीय संस्था र विशेष बजारमा केन्द्रित हुनेछन्।
‘अवैध चिट्ठा र चन्दा संकलन, कालोबजारी नियन्त्रण र चोरी, डकैती, लुटपाट नियन्त्रण लक्ष्य हो,’ एसएसपी चन्दले भने- यसका लागि अधिकतम् जनशक्ति र उपलब्ध साधनस्रोत उपयोग हुनेछ।
सार्वजनिक गरिएको सुरक्षा योजनामा हत्या, जबर्जस्ती करणी, मानव बेचबिखन, पाकेटमारी, चोरी, पेय पदार्थमा नसालु पदार्थ मिसाएर खुवाई गरिने लुटपाट, डकैती, जुवा र झगडा प्रमुख सुरक्षा चुनौतीका रूपमा उल्लेख गरिएको छ। मुख्यतः दसैं/तिहारमा भुइँचम्पा र पटका प्रयोग गरिने भएकाले आगजनीको चुनौतीसमेत बढ्ने भएकाले आगजनी र बिष्फोटक पदार्थ प्रयोगलाई समेत प्रहरीले चुनौती भनेको छ।
योजनाअनुसार पूजापाठ हुने मन्दिर गुम्बा, पण्डाल केन्द्रित गरी प्रहरी परिचालित हुनेछन्। प्रमुख पुल, मह