– शालीकराम आचार्य
ओमान मस्कट । ओमानको राजधानी मस्कट स्थीत अल-वौश्र क्षेत्रमा आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका अर्घाखाँची जिल्ला गाउँ बिकास समिती पट्टौती वार्ड न. ६ निहालीका गणेश घिमीरे को प्राथिव शव नेपाल पठाईयो । गणेश लाई भाद्र २४ गते झुन्डिएको अवस्थामा फेला पारीएको हो । ओमानी प्रहरीले मृतक को पत्र पाएको तर उक्त पत्रमा लेखीएका शब्दहरु ले उनको आत्महत्या गर्नुको कारण नखुलेको बतायका छन ।
दिवंन्गत घिमीरेकी श्रीमती कल्पना घिमिरे पनि मस्कटमा नै कार्यरत थिईन र उनलाई उक्त घटना ले स्तव्द बनाएको छ । आफ्नो नानु बावु लाई राम्रो शिक्षा दिक्षाको कामना तथा आफ्ना श्रीमान लाई लागेको रीण तिर्न लाई ओमान पुगिकी कल्पना भन्छिन श्रीमानका साथ हाते मालो गरी धन कमाएर रीण तिर्न भएकै थियो फेरी के भयो खै के कमि रहेयो म बाट भन्दै भावुक हुन्छिन श्रीमती कलपना घिमिरे । भाद्र २४ गते बिहान काममा नपुग्दा उनैको साथमा काम गर्ने साथीहरु उन लाई उठाउने प्रयाश गरे तर ढोका न खोले पछी प्रहरीले ढोका फोरी हेर्दा गणेश घिमीरे लाई झुन्डिएको अवस्थामा फेलापरेका हुन ।
मृत्युका २२ दिन पछी मात्र उनको पोस्टमार्टमको रिपोर्ट दुतावास तथा कानुनी प्रकि्रया पुरा भए पछी घिमीरे को प्राथिव शव उनकी श्रीमती कलपना घिमिरे का साथ १४ असौज २०६९ आईतबारका दिन ओमान ऐयर मार्फत नेपाल पठाइएको छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।