अमेरिका । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस साइवर आक्रमणको निशानामा परेको छ । तर यसबाट वर्गिकरण नगरिएको नेटवर्कमा मात्रै प्रहार भएको ह्वाइट हाउसले जनाएको छ ।
ह्वाइट हाउसका अधिकारीले अमेरिकी सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार साइवर आक्रमणबाट कुनै पनि डाटा मेटिएको संकेत फेला परेको छैन । चिनियां सरकारसंग सम्बन्ध रहेका ह्याकरहरुले ह्वाइट हाउस सैन्य कार्यालयमा खलल पु-याउने कोशिस गरेको बताइएको छ ।
तर यस्तो आक्रमणको योजना चीनमा बनाईएको भन्नेबारे भने कुनै स्पष्ट प्रमाण प्राप्त हुन सकेको छैन । ह्वाइट हाउस र पेन्टागनमा ह्याकरहरुको बढ्दो गतिविधि अमेरिकी अधिकारीका लागि चिन्ताको विषय बनेको छ ।
– Agencies