अर्घाखाँचीमा अखिल नेपाल शिक्षक संघको अन्तरकि्रया, शिक्षाका समस्या प्रति राज्य उदासिन

– शोभाखर पन्थी


असोज -१६  अर्घाखाँची । अखिल नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष नरेन्द्र बहादुर थापाले शिक्षाका समस्या प्रति राज्य उदासिन भएको बताएका छन् । 

 
अखिल नेपाल शिक्षक संघद्धारा २८ औँ स्थापना दिवसको अवसर पारी अर्घाखाँचीमा संचालित अन्तरकि्रया कार्यक्रममा मन्तव्य राख्दै उनले व्यवहारिक र वैज्ञानिक शिक्षाको विकासमा जोड दिए । थापाले शिक्षाको विकासलाई राष्ट्रिय बहसको विषय बनाउनु पर्ने बताए ।


कार्यक्रममा जिल्ला शिक्षा अधिकारी मित्रमणि खनाल राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी. शिक्षक युनियनका जिल्ला अध्यक्ष यादव प्रसाद घिमिर शैक्षिक गणतान्त्रिक माचका अध्यक्ष सुभाष चन्द्र बाजाडे अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य मान बहादुर पाण्डे शिक्षक संघका जिल्ला सचिव प्रदिप भण्डारी र अखिल नेपाल नेपाल शिक्षक संघका केन्द्रिय कोषाध्यक्ष हरि प्रसाद भुसाल लगायतका वक्ताहरुले शैक्षिक गुणस्तर वृद्धि र शैक्षिक समस्या समाधानको विषयमा आवाज उर्ठाएका थिए ।


संघका अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता र सचिव दल बहादुर केसी संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला उपाध्यक्ष कमला गैरे लगायतले मन्तव्य राखेका थिए । यसैबीच नेपाल शिक्षक संघले शैक्षिक क्षेत्रमा देखिएका समस्यालाई लिएर ५४ शुत्रिय मागहरु सार्वजानिक गरेको छ । 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।




अन्य समाचारहरु