नयाँ चुनावमा कसरी जाने भन्ने विषयमा विभिन्न साना र ठूलादलहरुबीच मत विभाजन

विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको मंगलबार बसेको बैठकमा उपस्थित अधिकांशले नयाँ चुनावमा जानु उपयुक्त हुने धारणा राखे पनि त्यसका लागि विद्यमान संवैधानिक र कानुनी अड्चन कसरी फुकाउने भन्नेमा चाहिं उनीहरुको मत बाझिएको देखिएको छ।


केहीले विघटित संविधानसभा पुनर्स्थापना गरेर संविधान संशोधन नगरी चुनावमा जानै नसकिने धारणा राखे भने केहीले दलहरुबीच सहमति बने सोझै नयाँ चुनावमा जान संवैधानिक अवरोध उत्पन्न नहुने विचार राखेका थिए।

 

संविधानसभा विघटन भएपछि त्यसमा प्रतिनिधित्व गर्ने सबै ३३ दलको सामूहिक बैठक बसेको यो पहिलो अवसर थियो तर त्यो बैठक पनि जारी राजनीतिक गतिरोध अन्त्यका लागि सहायक बन्न सकेको देखिएन।

बरु दलै पिच्छे फरक धारणा आए।


अधिकांशले नयाँ चुनावमा जाने दिशामा सहमति जुटाउन ठूला दललाई सुझाव त दिए, तर त्यस्तो सुझाव दिने दल नै नयाँ चुनावका लागि तगारो बनेको ठानिएको संवैधानिक अड्चन कसरी फुकाउने भन्नेमा चाहिं अन्यौलग्रस्त देखिए।


बैठकमा उपस्थित नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने,