राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीद्धारा भारतले आफ्नो स्वार्थका लागि नेपालमा संघीयताको विषय उछालेको जिकिर

भारतले स्वार्थका लागि नेपालमा संघीयताको विषय उछाल्योः नेता केसीबुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले आफ्नो स्वार्थका लागि नेपालमा संघीयताको विषय उछालेको जिकिर गरेका छन् ।

 

अखिल नेपाल किसान संघले आज बुटवलमा आयोजना गरेको भेलामा केसीले मुलुकलाई संघीयतामा लगिए राष्ट्रियता झन कमजोर हुने बताए ।

 

 नेपाली जनताको हित नचाहने राजनीतिक दलहरुले मात्र संघीयताको विषय चर्काएको उनको भनाइ थियो । – RSS