हङकङ, । हङकङको लाम्मा टापु नजिक दुइबटा यात्रुबाहक डुँगा ठोक्किंदा कम्तिमा ३६ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय दिवस र हङकङको स्थानीय पर्वको अवसर पारेर लाम्मा टापुमा आयोजना गरिएको आतसवाजी हेर्न गएका चढेको डुंगाहरु आपसमा ठोकिएका बीबीसीले जनाएको छ । दुर्घटनामा परेका सय जनाको उद्धार गरिएको छ ।
त्यसमध्येका केही गंभीर घाईते छन् । डुबेका मध्ये एउटा डुंगामा १ सय २० जना र अर्कोमा सयजना सवार थिए ।
हराईरहेकाहरुको खोजीमा दर्जनौ डुंगा र दुई हेलिकप्टर प्रयोग गरिएको छ । अक्टोबर १ तारिखको दिन चिनको राष्ट्रिय दिवस र मध्य अटम पर्व मनाउन विदामा गएकाहरु दुर्घटनामा परेका हुन् ।
हङकङ पावर कम्पनीका कर्मचारी र तिनका परिवार लिएर राष्ट्रिय दिवसको आतिसवाजी हेर्न गईरहेको डुंगा अर्को एउटा यात्रुवाहक डुंगासँग ठोक्किएर दुर्घटना भएको हो । हङकङको मुख्य टापुदेखि झण्डै दुई किलोमीटर टाढा रहेको लाम्मा टापु पर्यटनका लागि लोकप्रिय मानिन्छ । हङकङका प्रमुख कार्यकारी सीवाई लिउङले दुर्घटनाको छानविन गर्न आदेश दिनुभएको छ ।
– Agencies