अख्तियारले दिवंगत पूर्व मन्त्री रविन्द्र नाथ शर्मालाई भ्रष्टाचारी ठहर

चार वर्ष अघि नै दिवंगत भईसकेका पूर्व मन्त्री रविन्द्र नाथ शर्मालाई  विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । बुधवार अदालतले  शर्माको सम्पत्तिबाट २ करोड २७  लाख ७६ हजार ७ सय २४ रुपैयाँ बिगो जफतको फैसला सुनाएको हो । दिवंगत भईसकेकोले शर्मालाई सजाय र जरिवाना भने सुनाईएको छैन ।  
अर्थमन्त्री हुँदा शर्माले चार करोड ९५ लाख ५४ हजार सात सय आठ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, अदालतले सो मुद्दामा पनि म्याद हदबन्दीको कारण देखाउँदै तथ्य प्रवेश नै नगरी खारेजी गरिदिएको छ ।
उनको बिगो रकम घरपरिवारबाट असुलउपर हुनेछ ।  

Source:Rss