सिरियाको दोस्रो ठूलो शहर एलेप्पोमा श्रृंखलाबद्ध बम विष्फोटमा परी कम्तिमा ४८ जना मारिए, कयौ घाइते


 

सिरियाको दोस्रो ठूलो शहर एलेप्पोमा श्रृंखलाबद्ध बम विष्फोटमा परी कम्तिमा ४८ जना मारिएका छन् । स्थानीय सैन्य अफिसर्स क्लब र होटल नजिकको सादाल्लाह अल जबारी स्वायरमा चारवटा विष्फोट गराइएको थियो । विष्फोटमा ४० जना भन्दा बढी मारिएको र धेरै घाईते भएको बेलायती अधिकारवादी समुहले दाबी गरेको छ ।

पाँचौ विष्फोट जबारी स्क्वायरको केही सय मिटर नजिक गराइएको थियो । सरकार समर्थित स्थानीय टेलिभिजनले बम विष्फोटबाट ध्वस्त भएका बहुतले भवनबाट शवहरु निकालिरहेको दृश्य प्रसारित गरेको समाचारमा जनाइएको छ । सरकारी टेलिभिजनले भने विष्फोट आतंककारीहरुले गराएको जनाएको छ ।


एलेप्पोमा आफ्नो नियन्त्रण कायम राख्न सरकारी सेनाले विद्रोही विरुद्ध एक हप्तादेखि लगातार संघर्ष गरिरहेका छन् । सिरियामा गत वर्षको मार्च यता राष्ट्रपति बशार अल असादको शासन विरुद्ध सरकरी सेना र विद्रोहीबीच भीषण संघर्ष भैरहेको छ ।

 

– एजेन्सी