मोबाइल र जिन्स पाइन्ट खरिद गर्न पाँच हजारमा आफ्नो बच्चा बेचेको खुलासा

ओडिसा जाजपुरकी एक महिलाले मोबाइल र जिन्स पाइन्ट खरिद गर्न पाँच हजारमा आफ्नो बच्चा बेचेको खुलासा भएको छ। प्रहरीका अनुसार ती महिलाले आफ्नो बच्चा बेचेको पैसाले मोबाइल र जिन्स किनेकी थिइन्। ती महिलाका अनुसार गरिबी र जेलमा बन्धन बनेका पति छुटाउनका लागि बच्चा बचेको प्रहरीले बतायो।


जाजपुरका प्रहरी अधिकृत दीपक कुमारले मुंडवाल गाउँकी बीस वर्षीया राखी पात्राले १७ महिने बच्चालाई पाँच हजारम बिक्री गरी नयाँ मोबाइल, जिन्स, टप र मेमोरी कार्ड किनेको बताए। प्रहरी अधिकृतले ती महिलाले यसअघि आफ्ना पति छुटाउनका लागि बच्चा बचेको भनेर दिएको बयान झुटो रहेको पुष्टि गरिदिए।

ती महिलाले सामान किन्नका लागि बच्चा बेचेको स्विकार गरेकी छन्। प्रहरीले समेत ती महिलाले खरिद गरेको सामान बरामद गरेको छ। प्रहरीका अनुसार फिर्ता पाएको बच्चा लिन ती महिला आनाकानी गरेपछि बच्चालाई बाल कल्याण समितिको जिम्मा लगाइएको छ।


पछिल्लो महिनामा मिडियामा आएको यस घटनालाई ओडिसा उच्च अदालतले निष्पक्ष छानबिन गर्न आदेश दिएको थियो।

 

Source:Nagarike