पूर्व गृहसचिव पद्मप्रसाद पोखरेललाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । उनलाई भ्रष्टाचारी ठहर गर्दै अदालतले डेढ वर्ष कैद सजाय र ५८ लाख ५९ हजार रुपैँया बिगो र त्यति नै जरिवाना हुने फैसला सुनाएको हो ।
अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयूक्त ईजलासले अकुत सम्पत्ति कमाएको ठहर गर्दै साजय सुनाएको हो ।
पोख्रेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड ५१ ल्ऽाख रुपैँया भ्रष्टाचार गरेको दावी गर्दै मुद्दा दर्ता गरेको थियो । यसअघि विशेष अदालतले सो मुद्दामा हदम्याद नाघिको भन्दै खारेज गरि दिएको थियो तर पछि सर्वोच्चले पुन मुद्दा चलाउनु भने पनि विहीबार अर्को फैसला सुनाएको हो ।
Source:Rss